PoC Radio vs Walkie Talkie: आधुनिक संचार उपकरणको तुलना
आजको द्रुतगतिमा छिटो, सुरक्षित र भरपर्दो संचार हरेक क्षेत्रमा अत्यन्त जरुरी बनिसकेको छ। सुरक्षा, उद्योग, होटल, यातायात र आपतकालीन सेवामा प्रयोग हुने दुई प्रमुख उपकरणहरू हुन् Walkie Talkie र PoC Radio।
Walkie Talkie छोटो दूरीका लागि उत्कृष्ट विकल्प हो। यसले रेडियो तरंगको माध्यमबाट तत्काल आवाज सम्प्रेषण गर्छ र नेटवर्क वा इन्टरनेटको आवश्यकता पर्दैन। सुरक्षा गार्ड, निर्माण स्थल, ट्राफिक व्यवस्थापन, इभेन्ट सुरक्षा जस्ता क्षेत्रमा यसको प्रयोग व्यापक छ।
त्यसैगरी, PoC Radio (Push-to-Talk over Cellular) मोबाइल नेटवर्क वा Wi-Fi मार्फत लामो दूरीमा आवाज र डेटा पठाउन सक्ने आधुनिक उपकरण हो। यसमा GPS ट्र्याकिङ, ग्रुप कम्युनिकेशन, रेकर्डिङ र रिपोर्टिङ सुविधा पनि उपलब्ध छ। ठूला सुरक्षा कम्पनी, सरकारी कार्यालय, एयरपोर्ट, अस्पताल र उद्योगमा यसको प्रयोग उपयुक्त छ।
संक्षेपमा, Walkie Talkie छोटो दूरी र तत्काल संवादका लागि, भने PoC Radio लामो दूरी, स्मार्ट सुविधा र डिजिटल निगरानीका लागि उपयुक्त छ। नेपालमा, Ipak International ले यी दुवै उपकरणको विश्वसनीय र गुणस्तरीय समाधान प्रदान गर्दै आएको छ।
